हवाई दुर्घटनाका मृतक परिवारलाई सहयोग गर्ने एयरलायन्सकाे प्रतिबद्धता

भैरहवा । बुधबार भएको सौर्य एयरलायन्सको हवाई दुर्घटनाका मृतकलाई एयरलायन्सले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।
सौर्य एयरलाइन्स प्रा.लि.ले एक बिज्ञप्ती जारी गर्दै अकल्पनीय जहाज दुर्घटनामा परि दिवंगत भएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएको उल्लेख गर्दै संस्थाले सधै जिवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास दिलाएको छ ।
अध्यक्ष दिपक कमार पोखरेलद्वारा हस्तक्षरित बिज्ञप्तीमा सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठा पूर्वक पुर्याएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै पिडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाएको उल्लेख गरेका छन् ।
अध्यक्ष पोखरेलले प्रतिष्ठित विज्ञहरुको क्षतिको कल्पना नै गर्न नसकिने उल्लेख गर्दै कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको भन्दै दुःख प्रकट गरेका छन । साथै उपचाररत क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।











पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया