शुक्रबार, चैत २०, २०८२

चिलाउनेगाउँ झरना महोत्सव हुँदै

मेरोन्यूज २०८१ साउन ११ गते १८:२०

काठमाडौं। नुवाकोट जिल्लाकाे पूर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा नं ६ र वडा नं ४ को सिमामा रहेको चिलाउनेगाउँ झरना महोत्सव दुईवटा ४ र ६ नं वडाले सयुक्त रुपमा साउन १५ गते आयोजना गर्ने लागिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

शिवपुरीमा प्रकृति सुन्दर झरनाहरु पर्यटकिय स्थल भएकाले महोत्सवमा स्थानीय उत्पादनको विक्रि वितरण सहित झरना महोत्सव गर्न लागिएको र उक्त महोत्सवले शिवपुरीको पर्यटन प्रवद्वनमा टेवा पुग्ने वडा नं ४ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए ।

उनले भने काठमाडौं बाट २२ किमि दुरिमा रहेको उक्त स्थल पर्यटकिय दृष्टिले निकै महत्त्वपूर्ण रहेकाले शिवपुरी गाउँपालिका वडा नं ६ र वडा नं ४ ले सयुक्त रुपमा उक्त झरना महोत्सव आयोजना गर्न लागिएको हो “। गाउँमा पर्यटन प्रवद्वन गर्नाले स्थानीयवासिको आर्थिक आयआर्जनमा टेवा पुर्याउने उधेश्वले यहीँ साउन १५ गते झरना महोत्सव गर्ने लागिएको र महोत्सवमा स्थानीय दारा उत्पादन गरेका कृषि सामाग्री बिक्री वितरण स्टल सहित र स्थानीयले दुधको निशुल्क खिर खुवाउने समुन्द्रादेवि मन्दिर दर्शन गर्ने,महिला समुहबाट पञ्चेबाजा बजाएर मनोरञ्जन सहितका कार्यक्रम रहेको वडा नं ६ का अध्यक्ष बिष्णु श्रेष्ठले बताए ।

प्रतिक्रिया