मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ। मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा संकलन कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए।
उक्त परिमाणको यार्सागुम्बा निकासीबाट १६ लाख ५७ हजार पाँच सय राजस्व संकलन भएको उनले बताए।यार्सा निकासीका लागि प्रतिकिलो ५१ हजार दस्तुर लिने गरिएको छ। निकासी गरिएको दस्तुर ५१ हजारमध्येबाट १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ। मनाङमा यार्सागुम्बा संकलन नाम्के खर्कबाट सुरु गरिएको थियो । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट संकलन गरिन्छ। गत वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जनाले यार्सागुम्बा संकलनको अनुमति लिएका थिए।अनुमतिपत्रबिना औषधीय जडीबुटी संकलन गर्न पाइँदैन। जसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ।
प्रमुख भुजेलका अनुसार मनाङमा नाम्के खर्क यार्सागुम्बा संकलन गर्ने पहिलो गन्तव्य हो। खर्कबाट यार्सागुम्बा संकलन गर्न अनुमति दिने निर्णयबमोजिम संकलकलाई अनुमति दिइएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका संयोजक एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिए।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया