पहिरोपीडितलाई सांसद तामाङको सहयोग

मन्थली (रामेछाप) । जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नं ६ फर्पुको पहिरोमा परी मृत्यु भएका किशोरीका परिवारलाई प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर (कान्छाराम) तामाङले राहत रकम उपलब्ध गराउनुभएको छ ।
सांसद तामाङले प्रतिपरिवार रु १० हजारका दरले सहयोग गरेका हुन् । गत बिहीबार राति स्थानीय बिमा तामाङको घर पहिरोले पुरिँदा तीनजना किशोरीको मृत्यु भएको थियो ।
पहिरोमा परी १७ वर्षीया सीता तामाङ, १४ वर्षीया तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको थियो । सांसद तामाङले मृतकका आफन्त विमान तामाङ, पदम तामाङ र पेमा तामाङलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
पीडित परिवारले आफूहरूको बसोबास सुरक्षित स्थानतर्फ सर्नुपर्ने भएकाले विद्युत्लगायत सुविधा व्यवस्थापनका लागि सांसद तामाङसँग अनुरोध गरेका थिए ।
उक्त वडाका वडाध्यक्ष चन्द्र सुनुवारले पीडित तथा विस्थापित परिवारको व्यवस्थापनका लागि गाउँपालिका र वडाले काम अगाडि बढाएको जानकारी दिए ।










सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा
नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया