‘विकास र समृद्धि सरकारको प्राथमिकतामा’

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङले आज बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा आयोजना गरेको उनको सम्मान तथा भेटघाट कार्यक्रममा जनताको सेवा गर्नु सरकारको दायित्व भएकाले जनताको चाहनाअनुरुप सरकारले विकास गर्ने सञ्चारमन्त्री गुरुङले बताए ।
ए।विभिन्न समयमा कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेको बताउँदै सञ्चारमन्त्री गुरुङले अहिले स्थिरता र जनतामा आशाको सञ्चार गर्न पुनः मिलेकाले सोही अनुरुप सरकारले विकास र समृद्धिको गति बढाउने विश्वास व्यक्त गरे।
उनले सरकारमा अशोक राई, उपेन्द्र यादवलगायत नेतृत्वका पार्टीहरु पनि सामेल हुने जानकारी दिए । उनले सुशासनका लागि डिजिटल नेपाल आवश्यक रहेको धारणा राखे । आगामी एक वर्षभित्रै सञ्चारजगत्का लागि आवश्यक ऐन, नियमहरू निर्माण गरिसक्ने बताउँदै उनले अहिलेको सूचना, प्रविधिको विकाससँगै समयअनुकूल हुनेगरी नयाँ ऐन, कानुनहरू तर्जुमा गरिने उल्लेख गरे।
सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारी लमजुङका उपाध्यक्ष सुरज गुरुङलगायतले शाखाका तर्फबाट सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा पत्रकार कृष्ण केसी, मीना गुरुङ, नवराज पहाडी, मिलन शर्मालगायतले सञ्चारमाध्यम र पत्रकारहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए।
त्यसैगरी नेपाल कम्युष्टि पार्टी (एमाले) लमजुङले पनि आजै बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी सञ्चारमन्त्री गुरुङलाई सम्मान गरेको छ ।









रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
Issues instigating conflict being kept under control: Home Minister Aryal
सुमित बर्माको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य
१० अंकले बढ्यो नेप्से, ६ अर्ब ६६ करोडकाे काराेबार
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
सुदूरपश्चिमको लगातार तेस्रो जित
प्रतिक्रिया