धरापमा परेर गैँडा मरेपछि चार जना पक्राउ

चितवन । बँदेल मार्न थापेको विद्युतीय धरापमा परी गैँडा मरेपछि चार जनालाई पक्राउ गरिएको छ ।
भरतपुर महानगरपालिका–२६ मा गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।
स्थानीयले मकैबारीमा आउने गरेको बँदेल मार्न थापेको विद्युती पासोमा परी अन्दाजी १३ वर्षको पोथी गैँडा मरेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
सुरुआतमा गैँडा प्राकृतिक कारणले मरेको जस्तो देखिए पनि शव परीक्षणका क्रममा विद्युतीय धरापमा पारी मारिएको खुलेपछि अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले बताए ।
“गैँडाको खाग, खुर सुरक्षित भए पनि जुनसुकै किसिमले वन्यजन्तुलाई घाइते बनाउने, घेरा हाल्ने, लखेट्ने, मार्ने जस्ता गतिविधि चोरी शिकारीअन्तर्गत पर्दछन्”, उनले भने ।
पुनकानुसार अनुसन्धानका क्रममा साउन ८ गते दुई जना र १० गते दुई जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका चारै जनालाई चितवन जिल्ला अदालतबाट छ दिनको समय थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ परेका चार जनालाई संरक्षित वन्यजन्तु चोरी शिकारी ऐनअन्तर्गत म्याद थप गरिएको हो ।
ऐनको व्यवस्थानुसार यस्तो कार्यमा सङ्लग्नलाई रु पाँच लाखदेखि १० लाखसम्म जरिवाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

















चितवनमा दुई अस्थायी मतदान केन्द्र
काठमाडौँको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औँ स्थानमा
PM Karki visits Muktinath, instructs dist based officials to ensure a successful election
शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री कार्की
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
प्रतिक्रिया