प्रधानमन्त्री ओलीले मंगलबार विशेष निर्देशन दिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न संघीय मन्त्रालयको कार्यप्रगतिबारे जानकारी लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका सचिवहरुसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे जानकारी लिएको प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करले जानकारी दिए।
उनका अनुसार सचिवहरुले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए। ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक यसप्रकारको बैठक बोलाएका हुन्।
त्यस अवसरमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो। आज दिन ११ः३० बजे सुरु भएको बैठक साँझ ५ः३० बजेसम्म चलेको थियो। प्रधानमन्त्री ओलीले उक्त प्रस्तुतिकरणमाथि आगामी मंगलबारको बैठकमा विशेष निर्देशन दिनुहुने कार्यक्रम तय भएको जनाइएको छ।
बैठकपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मंगलबार फेरि छलफल हुने बताएका छन्। उनले लेखेका छन, ‘नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के-के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवज्यूहरुले आ–आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा राख्नुभयो । भनिन्छ– समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मङ्गलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ।’
















आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया