१८ देशमा राजदूत सिफारिस

काठमाडौं । सरकारले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार भारतमा राजदूत शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भने फिर्ता बोलाइएको छ । उनको स्थानमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरिएको ती मन्त्रीले जानकारी दिए ।
बैठकले भारत र चीन सहित संयुक्त राज्य अमेरिका, रुस, संयुक्त अधिराज्य बेलायत, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण कोरिया, कतार, दक्षिण अफ्रिका, डेनमार्क, साउदी अरब, मलेसिया, इजरायल, जर्मनी, पोर्चुगलका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै अस्ट्रेलिया, चीन, श्रीलंका, दक्षिण अफ्रिका, रसियाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको छ ।










एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया