पिसाब पोल्छ ? अपनाउनुहोस् यी उपाय

काठमाडाैँ । पिसाब पोल्ने समस्या धेरैले भाेगिरहेका हुन्छन् । तर उनीहरुले यस समस्यालाई सामान्य सोचेर व्यवस्ता गर्छन् ।
विभिन्न समयमा फरक फरक कारणले पिसाब पोल्ने गर्दछ । मृगौला तथा मुत्राशाएको कारणले पनि पिसाब पोल्ने गर्दछ। कतिपय अवस्थामा पिसाबसँगै हातखुट्टा पनि पोल्न थाल्छ ।
यस्ता छन् पिसाब पोल्नुको कारण
विभिन्न औषधी खाँदा, पिसाब नलिमा पत्थरी तथा मृगौलाको पत्थरी वा मृगौला सुनिदा, प्रोस्टेट ग्रन्थीको सुजन, मुत्राशयमा संक्रमण हुँदा, धेरै सहवास गर्दा, हस्तमैथुन गर्दा, पानी कम पिउँदा, कुनै किसिमको बिरामीमा पर्दा, पिसाब रोक्ने बानी गरेमा पिसाब पाेल्ने समस्या हुन्छ ।
लक्षणहरू
पिसाब एकैपटक नखुल्नु, पहेलो वा सेतो पिसाब हुनु,पिसाब तातो भएर पोले जस्तो हुनु आदि।
के खाने ?
पानी दिने फलफुलहरु खाने जस्तै: खरबुजा, स्याउ, अनार, काँक्रो, नासपाती, रसिलो र चिसो फलफुलहरु आदि । यस्तै काँचो दुध तथा मिश्री, सुकमेल मिसाएर खाने, गाँजर, उँखुको रस, नरिवलको पानी, कागती पानी पिउने, मुलाको रस खाने, मुत्राशायमा तातो वा चिसो पानीले सेक्ने, पानी प्रसस्त पिउने, सामान्य व्यायम गर्ने,हिडडुल जस्ता कार्य नियमित रूपमा गर्ने।
के नखाने?
गर्मी कुराहरु जस्तै : रक्सी, चुरोट, सुर्ति, खैनी, खुर्सानी, अचार, सख्खर, तेल नखाने । यसैगरी अनिन्द्रा नबस्ने, हस्तमैथुन नगर्ने गर्नाले पनि याे समस्या कम गर्न सकिन्छ ।
गर्मीकाे बेला आगोमा नबस्ने, पिसाब रोक्ने जस्ता बानी हटाउने, बढीनै पिसाब पोल्ने भएमा चिकित्सकलाई देखाउने साथै पिसाब जाँच पनि गर्ने लगायतका गतिविधि गरेमा पिसाब पाेल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया