पत्रकार महासंघ धनुषा र कास्कीमा पत्रकार महिलाको नेतृत्व चयन

कास्की । पत्रकार महासंघको कास्की र धनुषा जिल्ला अध्यक्षमा पत्रकार महिला उम्मेद्वार विजय भएका छन् । बुधबार भएको निर्वाचनमा धनुषामा मनिका झा र कास्कीमा विमला भण्डारीको नेतृत्व चयन भएका हुन् ।
कास्कीकी विमला भण्डारीले १७४ मत ल्याउँदै प्रतिद्वन्द्वी केवशशरण लामिछानेलाई हराएकी हुन् । महिलाले मात्रै सञ्चालन गरिरहेको रेडियो जननी कास्कीकी संस्थापक स्टेसन मेनेजर हुन् भण्डारी । उनी न्यूनतम पारिश्रामिक निर्धारण समितिकी सदस्य समेत हुन् । उप निर्वाचनमा विद्या भट्टराईको निर्वाचन क्षेत्रबाट कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिस समेत भएकी थिइन् ।
उनको नेतृत्वमा उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना र महिला उपाध्यक्षमा जमुना वर्षा शर्मा विजयी भएकी छिन् । सचिवमा माधव बराल, सह(सचिव खुलातर्फ श्रीराम सिग्देल, सह(सचिव समावेशी तर्फबाट रेम विश्वकर्मा, कोषध्यक्षमा एकराज गिरी विजय भएका छन् । तीन सय १२ मतदाता भएको कास्कीमा तीन सय ५ मत खसेको थियो ।
यसैगरी,धनुषाकी अन्नपूर्ण पोष्ट दैनिककी प्रदेश २व्यूरो प्रमुख समेत रहेकी मनिका झा विजय भएकी छिन् । प्रेस संगठनबाट उम्मेद्वार बनेकी झाको नेतृत्वमा उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्ष नेहा झा, सचिव बटुकनाथ झा, सह सचिवमा निरन्जन साह, सह सचिव समावेशीतर्फबाट गोविन्द महतो, कोषाध्यक्ष राजकमल सिंह चयन भएका छन् ।

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया