यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व सङ्कलन

कैलाली। यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०/८१ मा रु ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व संकलन गरेको छ।
यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहका अनुसार सवारीसाधन करबाट सबैभन्दा बढी रु ४९ करोड ७९ लाख ६० हजार तीन सय ५८ र सबैभन्दा कम प्रशासनिक सेवा शुल्कबाट रु १९ हजार नौ सय राजस्व सङ्कलन गरेको हो।
चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड २७ लाख २६ हजार नौ सय ५८, बाटो इजाजत, प्रदुषण र जाँचपासबाट रु एक करोड १७ लाख ७३ हजार तीन सय ५५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु पाँच लाख ६३ हजार चार सय २५ सङ्कलन गरेको छ।
कार्यालयको बेरुजु रु एक लाख १९ हजार एक सय रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। सो कार्यालयले अघिल्लो आव २०७९/८० मा विभिन्न राजस्व शीर्षकबाट रु ६३ करोड ९४ लाख ३० हजार चार सय १४ राजस्व सङ्कलन गरेको थियो। अघिल्लो आवको तुलनामा गत आवमा रु एक करोड ३७ लाख ३२ हजार छ सय ८२ ले राजस्व रकम वृद्धि भएको हो।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया