गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्ने बताएका छन् ।
परिवर्तन अभियान नेपालको प्रथम स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधानको सफल कार्यान्वयन गर्नका लागि कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारमा सहकार्य गरेको धारणा राखे ।
नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाले लामो समयदेखिको अस्थिर राजनीतिलाई स्थिरता प्रदान गरी सरकारको स्थायित्व र विकासका काम गर्ने प्रतिबद्धतासहित सहकार्य भएकाले सरकारमाथि शङ्का गर्ने ठाउँ नरहेको जिकिर गरे ।
कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले मुलुकको विकासका लागि वर्तमान गठबन्धन बनेकाले सोहीअनुसार काम गर्न आवश्यक रहेको बताए ।
परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले युवाहरू दलगत स्वार्थभन्दा माथि उठेर समाज रूपान्तरणको क्षेत्रमा लाग्नुपर्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय केपी खनाल, अमृत तिवारी, यादव खनाल, अनुप रोशन स्थापितलगायतलाई सम्मान गरिएको थियो ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
प्रतिक्रिया