पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । आज निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै बिहीबारदेखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्य घटाइएको जानकारी दिएको छ ।
निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाइएको र हवाई इन्धनको मूल्य भने यथावत कायम राखिएको छ । यसअघि पहिलो वर्गको पेट्रोलको मूल्य एक सय ६८ रहेकामा अहिले मूल्य घटेर एक सय ६७ कायम गरिएको छ ।
यसैगरी दोस्रो वर्गको एक सय ७० मूल्य रहेकामा घटेर एक सय ६९ पुगेको छ भने तेस्रो वर्गको पेट्रोलको मूल्य एक सय ७१ रहेकामा घटेर एक सय ७० रहेको निगमले जानकारी दिएको छ ।
डिजेल र मट्टितेलको पनि पहिलो वर्गको एक सय ५७ रहेकामा घटेर एक सय ५५ पुगेको छ । यसैगरी दोस्रो वर्गको एक सय ५९ रहेकामा घटेर एक सय ५७ पुगेको छ भने तेस्रो वर्गको एक सय ६० रहेकामा घटेर एक सय ५८ पुगेको निगमले जानकारी दिएको छ ।
निमगका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गअन्तर्गत पोखरा, काठमाडौँ, दिपायल रहेका छन् ।
















तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया