सेनाको कमाण्ड सम्हाल्दै बलाधिकृत रथी सिग्देल

काठमाडौं । मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा बलाधिकृत रथी अशोकराज सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन २५ गतेदेखि लागू हुने गरी रथी सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकेसँगै संगठनको नेतृत्व गर्ने बाटो खुलेको हो।
यही साउन १० गतेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठताका आधारमा रथी सिग्देललाई कामु भई प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधानसेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन्।प्रधानसेनापति अवकाश हुनुअघि एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् ।
बलाधिकृत रथी सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन्। आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा पनि भाग लिएका बलाधिकृत रथी सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
३८ वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जंगल वारफेयर स्कुलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ। बलाधिकृत रथी सिग्देलले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए ।
कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को सचिवका रूपमा पनि उनले काम गरेका थिए ।
















‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया