उपप्रधानमन्त्री सिंहलाई भेट्न मेयर बालेन गरे बहिष्कार

काठमाडौं । बिहीबार दिउँसो उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटघाट कार्यक्रम मन्त्रालयमै राखेका थिए ।
फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनसहितको टोली सिंहलाई भेट्न सिंहदरबार छिरेको थियो । तर उक्त फोरमका सदस्यका रुपमा रहेका काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर दुवैजना उक्त भेटघाटमा सहभागी भएनन् ।
सिंहदरबारमा मेयर्स फोरमका सदस्य र उपप्रधानमन्त्री सिंहबीच वार्ता चलिरहँदा काठमाडौंका मेयर बालेन्द्र र उपमेयर सुनिता भने २०७९ माघ १३ गते शिलान्यास गरेर जयवागेश्वरीमा निर्माण पूरा भएको मौलिक शैलीको वडा भवन उद्घाटमा व्यस्त थिए ।
उपत्यका मेयर्स फोरमका अध्यक्ष महर्जन र काठमाडौंका मेयर साहबीच यसअघि पनि अनमनको अवस्था थियो । साहले एक कार्यक्रममा आफूलाई पहिले बोल्न नदिएको भनेपछि महर्जनसँग नोकझोंक भएको थियो । त्ययसता साह उपत्यका मेयर फोरमममा सक्रिय छैनन्।













विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया