पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक

काठमाडौँ । पल शाहले पहिलोपटक दोहोरो भूमिकामा काम गरेको फिल्म ‘रावायण’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पल शाहलाई दाह्री जुँगामा चित्रित गरिएको छ ।
तीजको सार्वजनिक विदा पारेर आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यसमा पलको जोडी अभिनेत्री पूजासँग बाँधिएको छ । पूजा यो फिल्मकी निर्मात्री समेत हुन् । प्रियंका कार्की, निकिता चण्डक (पूर्व मिस नेपाल), प्रमोद अग्रहरी, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको पनि फिल्ममा अभिनय छ ।
सुशन पाठक कार्यकारी निर्माता रहेको ‘रावायण’मा सौरभ लामाको छायांकन, सुदर्शन थापाको कथा, प्रदीप श्रीवास्तवको पटकथा, शिवम अधिकारीको लेखन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । आरआर फिल्म्सले देशभर वितरण गर्न लागेको फिल्मको टिजर यही शुक्रबार रिलिज हुनेछ ।
















चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया