विकास निर्माण तीव्र गतिमा भइरहेको छः मेयर बालेन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विकास निर्माणका काम तीव्र गतिमा भइरहेको बताएका छन्। बिहीबार महानगरअन्तर्गत रहेको वडा नम्बर ८ को नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख शाहले विकास निर्माणका कार्य समयावधिमै सम्पन्न हुने बताए।
‘जसरी यहाँ भवनको मुहार फेरिएको छ, त्यसरी नै यो वार्डकै मुहार फेरिनेमा विश्वस्त छु। पशुपति क्षेत्र आफैँमा सम्पदाको क्षेत्र भएकाले यहाँको घर, बाटाहरू सम्पदामैत्री हुनुपर्छ। यसले हाम्रो सम्पदाको महत्व दर्शाउनुका साथै पर्यटनमा टेवा पुर्याउँछ। यसका लागि हामीले बजेट पनि विनियोजन गरेका छौँ,’ प्रमुख शाहले भने।
महानगर उपप्रमुख सुनिता डङ्गोलले भवन अभावमा सेवा प्रवाहमा भइरहेको कठिनाइ हटेको बताए। उनले भनिन्, ‘आज जसरी हर्षोल्लासका साथ नयाँ भवनको उद्घाटन भएको छ, त्यसरी नै यो भवनबाट निस्किदा सेवाग्राहीको मुहारमा उज्यालो देखियोस्। यति भएपछि मात्र यो भवनले पूर्णता पाउँछ। त्यसैले सेवाग्राहीको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुहोला।’
ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको वडा रहेको भन्दै यसलाई अझैँ आकर्षक बनाउन आग्रह गर्दै उनले देखिएको समस्या र रोकिएको विकास निर्माणका कार्य छिट्टै पुनःनिर्माण हुने बताइन्।
वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले २२ वर्षपछि वडाले भवन पाएको बताए। उनले भने, ‘पशुपति विकास कोषमार्फत जग्गा पाएपछि धेरै सहयोगी हातका कारण हामी पुनःआफ्नै भवनमा फर्किएका छौँ। यहाँ आउने सेवाग्राहीले पहिलाभन्दा धेरै सेवा सुविधा पाउनुहुनेछ भन्नेमा विश्वस्त हुन् आग्रह गर्दछु। यस वडामा रहेका सांस्कृतिक र ऐतिहासिकस्थललाई अगाडि बढाउन कुनै कसर बाँकी राख्ने छैन।’
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम, राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव मिलनकुमार थापा, नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठलगायत उपस्थित थिए।
















राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया