शुक्रबार, पुष १८, २०८२

कांग्रेसले पठायो कर्णाली सरकारमा सहभागी हुने मन्त्रीको नाम

मेरोन्यूज २०८१ साउन १८ गते १२:२५

काठमाडाैं। नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नाम तय गरेको छ। नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रमुख सचेतक हिक्मत विष्टका अनुसार मन्त्रीहरूको नाम पठाइएकाे हाे ।

उनका अनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढालाई पठाइएको छ।

बिहीबार राष्ट्रपतिबाट शपथ लिएका नवनियुक्त प्रदेश प्रमुख जोशी आज बिहान मात्रै सुर्खेतका पुगेर पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको पदभार पछि आज नै कांग्रेस सरकारमा जान लागेका हो ।

प्रतिक्रिया