मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन, विकल्प खोजौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम बेथिति, बिकृतीको अन्त्यको निमित्त देशले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति खोजिरहेको बताएका छन् ।
‘भ्रष्टाचार,बेरोजगारी,धर्मपरिबर्तन,आर्थिक मन्दी लगायतका समस्या समाधान गर्न अहिलेको राज्य प्रणालीले सक्दैन’ थापाले भने । अहिलेको ब्यबस्था असफल साबित भैसकेको अब बिकल्प खोज्नुपर्नेमा उनको जोड थियो ।
मुलुकलाई सहि दिशा दिनको लागि आन्दोलनको बिकल्प नभएको भन्दै थापाले बलियो संगठन निर्माण गरेर आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
देशब्यापी संगठन सुदृढीकरण अभियान संचालन आजको प्रमुख आबश्यकत भएको चर्चा गर्दै थापाले महाधिवेशनको मितिलाई मध्यनजर गरेर इकाई अधिबेशनको काम सम्पन्न गर्नुपर्ने समेत बताए । कार्यक्रममा डा. बिष्णु भण्डारी, राजाराम बर्तौला “चुनेली” श्याम घिमिरे, देबेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
प्रतिक्रिया