दूध बेचेर मासिक लाख आम्दानी

दाङ। दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन्। उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो। व्यावसायिकरूपमा लागेका घर्तीले साथीसँग मिलेर भैँसीपालन, बंगुरपालन र हाँसपालन गर्दै आएका छन्।
मेहनत गर्नसके आफ्नै ठाउँमा पशुपालनबाट पनि राम्रो आम्दानी लिन सकिने भन्दै गोरखा बायो फार्मका अध्यक्ष रहेका घर्तीले भने, ‘व्यवसाय नगरेको भए अहिले खाली बस्नुपर्थ्यो। तर व्यावसायिक रूपमा भैँसी तथा बंगुरपालन गरेपछि राम्रै आम्दानी भइरहेको छ।’ उनले रोजगारीका लागि दिनहुँ युवा जनशक्ति विदेशिएको समयमा पशुपालनबाट राम्रै आम्दानी भइरहेको बताउँछन्।
घोराही उपमहानगरपालिका–७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिक पशुपालन गर्दै आएका घर्तीले दूध बिक्री गरेर मासिक एक लाख बढी आम्दानी भइरहेको बताउँछन्। उनका अनुसार फार्ममा साना ठूला गरेर अहिले १८ वटा भैँसी, २५ वटा बंगुर, हाँसलगायत रहेका छन्।
१८ वटा भैँसीमध्ये चार वटा भैँसीले दूध दिने र त्यहीबाट महिनामा एक लाख बढी कमाई गर्दै आएको घर्ती बताउँछन्। उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको भन्दै उनले भने, ‘उत्पादन गरेको दूध बिक्रीमा समस्या छैन। फार्मबाटै स्कुल तथा डेरीमा जाने गरेको छ।’
दैनिक अहिले दैनिक ४५-५० लिटरसम्म दूध बिक्री भइरहेको भन्दै उनले फार्ममा कम्तीमा ४० वटा भैँसी र केही जर्सी गाईसमेत थप गर्ने योजनामा रहेको बताए। बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिइएको घर्ती बताउँछन्। उनका अनुसार दूध ७० रुपैयाँ लिटर बिक्री हुने गर्दछ।
दूध उत्पादनका लागि भैँसीसँगै मासुका लागि बाख्रा, बंगुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताउँछन्। त्यसका लागि थप संरचना निर्माण गर्ने तयारीमा रहेको उनी बताउँछन्।
अहिले दूध उत्पादनसँगै मासु उत्पादनका लागि बाख्रा र बंगुरपालनलाई बढाउने उद्देश्य रहेको भन्दै सञ्चालक चौधरीले भने, ‘अहिलेको संरचनालाई बढाउने र त्यसैमा थप भैँसी र बाख्रापालन गर्ने उद्देश्य रहेको छ।’
व्यावसायिक रूपमा दूध, मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब डेढ करोडसम्म लगानी भइसकेको छ। उनले कृषि फार्ममा तीन जनालाई रोजगारी दिएका छन्। पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका व्यावसायिक घाँसखेती गरिएको उनी बताउँछन्।
उनीहरू जस्तै जिल्लामा पछिल्लो समय पशुपालन व्यवसायमा आबद्ध हुने किसानको संख्या बढ्दै जान थालेको छ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया