बुधबार, चैत १८, २०८२

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

मेरोन्यूज २०७७ चैत २६ गते १७:५७

काठमाडौं । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर मुद्धामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गत चैत १२ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका बारा जिल्लाका जितपुर सिमरा उपमहानगरपालिका १६ घर भई हाल काठमाडौंको टोखा नगरपालिका ६ बखुन्डोल बस्ने ३५ वर्षीय महेश्वर घिमिरेलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाबाट खटिएको टोलीले काठमाडौं ४ बाट पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाईएको महानगरीय अपराध महाशाखाले जानकारी दिए ।

प्रतिक्रिया