सिटिजन्स बैंकले कमायो १ अर्ब ३४ करोड नाफा

काठमाडौं । सिटिजन्स बैंकले गत आव २०८०–८१ मा १ अर्ब ३४ करोड २४ लाख रुपियाँ खुद नाफा कमाएको छ ।
बैंकले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकले अघिल्लो वर्ष १ अर्ब ८६ करोड रुपियाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २८.३१ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा ४.०७ प्रतिशत छ भने इम्पेरमेन्ट चार्ज १ अर्ब ७६ करोड पुगेको छ ।
वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी ९ रुपियाँ ४५ पैसा, प्रतिशेयर नेटवर्थ १५१ रुपियाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ ।
बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब २० करोड छ भने जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपियाँ सञ्चित छ । बैंकले १ खर्ब ८९ अर्ब २१ करोड रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपियाँ कर्जा प्रवाह आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया