बिहीबार, पुष १०, २०८२

एनआईसी एसिया क्यापिटलको सेयरधनीलाई ५२ प्रतिशत लाभांश

मेरोन्यूज २०८१ साउन १९ गते १०:१५

काठमाडौँ  ।  एनआईसी एसिया क्यापिटलले आफ्ना सेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई उक्त नगद लाभांश वितरण गर्ने जनाएको छ । 

क्यापिटलको बुधबार सम्पन्न सञ्चालक समितिको १४३ औं बैठक र आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको करसहित ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गरेको जानकारी दिएको हो ।

उक्त वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल भएको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया