सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर

चितवन । चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ । देशको मध्य भागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका छन् ।
बर्खामा तराईमा बढीमात्रामा सर्पदंशको जोखिम रहने गर्दछ । भरतपुर अस्पतालको आकस्मिक कक्षका प्रमुख अलादीन मियाँका अनुसार २०८० साउनदेखि २०८१ असारसम्म तीन सय ७८ जनाको सर्पदंशको उपचार गरिएको छ ।
उनीहरुको उपचारमा सफलता प्राप्त भएको उनले बताए । यस वर्ष साउन महिनाको हालसम्ममा अस्पतालमा ७६ सर्पदंशका बिरामीको उपचार गरिएको छ ।
प्रमुख मियाँले भने, “नवलपुरका एक बालककोे उपचारका लागि ल्याउँदै गर्दा बाटोमे मृत्यु भयो । अस्पताल आइपुग्न ढिला हुँदा कतिपय बिरामीको मृत्यु हुने गरेको छ ।” यहाँ गोमन, करेतलगायत जातका विषालु सर्पले डसेका बिरामी बढीजसो उपचारका लागि आउने गरेका छन् ।
सर्पले डसेर आएका बिरामीलाई उच्च निगरामी राखेर उपचार गरिने उनले बताए । अकास्मिक कक्षबाटै सर्पदंशको उपचार सेवा दिइँदै आएको छ । सर्पदंशका बिरामीको उपचार गर्न अस्पतालको सघन उपचार कक्षमा छुट्टै श्यया राखिएको छ । हाल अस्पतालको सघन उपचार कक्षमा तीन सर्पदंशका बिरामीको उपचार भइरहेको प्रमुख मियाँले बताए ।
















जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया