ह्यारिस डेमोक्रेटिक पार्टीको तर्फबाट आधिकारिक रुपमा राष्ट्रपतिको उम्मेदवारमा चयन

आसन्न चुनावका लागि अमेरिकी डेमोक्राटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेद्धार चयन गरेको छ ।
डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमत सहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेद्वारमा चुनेको घोषणा गरेका छन् ।
यसै सन्दर्भमा ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनिन्, “म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेद्वार हुन पाउँदा सम्मानित छु ।”
आगामी हप्तामा आधिकारिक रूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाएकी छन्।
वासिङ्टन पोस्टका अनुसार, ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मुलकी महिला उम्मेद्धार हुन् । उनको उम्मेद्धारीले लामो सयमदेखि थाती रहेका जातीय तथा लैङ्गिक सवालहरुले सार्थकता पाउने अपेक्षा गरिएको छ ।
राष्ट्रपति जो बाइडेनले ह्यारिसलाई समर्थन गर्दै जुलाई –२१ मा चुनावी प्रतिश्पर्धाबाट बाहिरिने घोषणा गरेका थिए। समर्थनपछि जुलाई–२७ मा, ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावका लागि आधिकारिक रूपमा आफ्नो उम्मेद्वारको उद्घोष गरेकी हुन्।
सन् २००८ मा बाराक ओबामापछि अमेरिकाको इतिहासमा प्रमुख राष्ट्रपति पदको टिकट पाउने ह्यारिस दोस्रो अश्वेत व्यक्ति हुन् ।
















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया