स्वर्णिमलाई बाबुरामको सुझाव- ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउनु
मेरोन्यूज
२०८१ साउन २० गते १३:०५

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलाई ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् ।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भूल सच्याउन वाग्लेलाई सुझाव दिएका हुन् ।
उनले भनेका छन्- ‘मनरो डक्ट्रिन जस्तो एउटा सार्वभौम देश/क्षेत्रमा अर्को देशको ‘प्रभाव क्षेत्र’ कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । नेपाल जस्तो दुई ठूला देशको बिचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो ! स्वर्णिम वाग्लेले बेलैमा भूल सच्याउनु राम्रो होला !’
सम्बन्धित













नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया