आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।
हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
















जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया