आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।
हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।









फोटोन टोटल केयर: भरोसायुक्त आफ्टर सेल्स सर्भिस
नेपाल लाइफद्वारा भौतिक पूर्वाधार कोषमा १ करोड ५० लाख सहयोग
चितवनले जनकपुरलाई दियाे १७७ रनको लक्ष्य
निर्वाचन बिथोलिन दिँदैनौँ, जसरी पनि हुन्छ : गृहमन्त्री अर्याल
नेपालपे कार्ड जारी गर्ने सम्बन्धमा एनआइसी एसिया बैंक र एनसिएचएल बीच सम्झौता
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
सुदूरपश्चिमविरूद्ध पहिला ब्याटिङ गर्दै जनकपुर
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रतिक्रिया