शनिबार, चैत १४, २०८२

पेरिस ओलम्पिकमा ७० देशले जिते पदक, अमेरिका शिर्ष स्थानमा

मेरोन्यूज २०८१ साउन २१ गते ८:०६

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७० देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७० देशले पदक जितेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

जसमा अमेरिका १९ स्वर्ण, २६ रजत र २६ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन १९ स्वर्ण, १५ रजत र ११ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १८ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १२ स्वर्णसहित ११ रजत र ८ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी ग्रेट ब्रिटेन १० स्वर्ण, १२ रजत र १५ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले १० स्वर्ण, ७ रजत र ७ काश्य पदक जितेको छ भने जापानले ९ स्वर्णसहित ५ रजत र १० काश्य पदक जितेको छ । 

त्यसैगरी इटालीले ७ स्वर्ण, १० रजत र ५ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ६ स्वर्ण, ५ रजत र ४ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले ५ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ भने क्यानडाले ५ स्वर्ण, ४ रजत र ८ काश्य पदक जितेको छ ।

त्यसैगरी रोमानिया, हंगेरी र आयरल्याण्डले ३-३ स्वर्ण पदक जितेका छन् भने न्यूजील्याण्ड, स्विडेन, क्रोसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २-२ स्वर्ण पदक जितेका छन् । 

त्यसैगरी ब्राजिल, इजरायल, स्पेन, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, दक्षिण अफ्रिका, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर,  स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।  

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, अर्मेनिया. डेनमार्क, इथोपिया, फिजी,  मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, डोमिनिका अस्ट्रिया, काबो भेर्ड़े, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, लुथियाना, मलेसिया, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।

प्रतिक्रिया