हिंसा चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छाडिन् देश
मेरोन्यूज
२०८१ साउन २१ गते १५:२५

काठमाडाैं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् ।
आरक्षणलाई लिएर चलिरहेको आन्दोलन चर्किएपछि हसिनाले सोमबार राजीनामा दिएर देश छाडेको बीबीसीले उल्लेख गरेको छ ।
आइतबारदेखि फेरि सुरु भएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ ।
सोमबार विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्याली गरिरहेका छन् । र्यालीमा महिलाहरुको बाक्लो संख्या रहेको छ ।
सडकमा सेना तैनाथ गरिएपनि र्याली रोक्न नसकेको र दिउँसोदेखि नै सडकमा प्रहरीको उपस्थिति न्यून देखिएको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया