बीओ टु बीओ कार्य अनिश्चितकालका लागि स्थगित

काठमाडौं । एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर हस्तान्तरण गर्ने बीओ टु बीओ कार्य अनिश्चितकालका लागि स्थगित गरिएको छ।
सीडीएससीले आज एक सूचना प्रकाशित गरी बीओ टु बीओ कार्य अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो। हाल एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर हस्तान्तरण गर्ने कार्य बीओ टु बीओ उल्लेख्य रुपमा वृद्धि हुन गएको र यसले सम्पूर्ण कार्य सञ्चालनमा प्रभाव पर्न गएकोले साउन २३ गतेबाट अर्को सूचना जारी नहुन्जेलसम्म यो कार्य स्थगित गरिएको सीडीएससीले जनाएको छ।
बैंकबाट बन्धकी राख्नका लागि अनिवार्य गर्नुपर्ने र कुनै आर्थिक दायित्व सिर्जना हुने पुष्टि हुने कागजात भएको हकमा मात्र बीओ टु बीओ कार्य गरी स्वीकृतिका लागि पठाउन पनि सीडीएससीले आग्रह गरेको छ।
यसका साथै बीओ टु बीओ कार्य नहुँदा लगानीकर्तालाई दोस्रो बजारमा हुने खरिदबिक्रीमा कुनै बाधा उत्पन्न नहुने सम्बन्धित डिम्याट खातावाला हितग्राहीलाई जानकारी गराउन सीडीएससीले आग्रह गरेको छ। यथाशीघ्र प्रणालीमा परिमार्जन गरी छिटोछरितो रुपमा बीओ टु बीओ हस्तान्तरण कार्यलाई सुचारु गरिने सीडीएससीले जनाएको छ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया