तीन एआइजीको सरुवा
मेरोन्यूज
२०८१ साउन २२ गते २१:३१

काठमाडौं। मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) लाई सरुवा गरेको छ ।
मङ्गलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजीत्रय दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवालीलाई सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षकमा बलिया दाबेदार मानिएका एआइजी दीपक थापालाई उपत्यका प्रहरी प्रमुखबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा सरुवा गरेको छ ।
सीआइबी प्रमुख श्यामलाल ज्ञवालीलाई प्रदेश समन्वय ब्यूरो र किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रमुख बनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । यसअघिका एआइजी उमेशराज जोशीले अनिवार्य अवकाश लिएपछि प्रदेश समन्वय ब्यूरो प्रमुख पद रिक्त थियो ।
सम्बन्धित
















अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया