प्रधानमन्त्री ओली नेपाल र भारतको फाइनल खेल हेर्ने जाने
मेरोन्यूज
२०८१ साउन २३ गते १०:०२

काठमाडौं । नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली जाने भएका छन् ।
उपाधिका लागि नेपालले आज साँझ ५ बजे भारतसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।
नेपाल इरानसँग लिगचरणको बदला लिंदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो ।
लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया