बंगलादेशका जनतालाई नेपालले लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा जोड

काठमाडौँ । नेपाल सरकारले बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गर्दै व्यवस्थित रुपमा लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा जोड दिएको छ ।
परराष्ट्रले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको जनाउदै बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो रुपमा चिन्तित भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा परराष्ट्रले भनेको छ- ‘बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी गहिरो चिन्तित छौं । ज्यान गुमाउनेहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
हामी सबैलाई शान्त र संयमताका लागि आह्वान गर्दछौं र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित फिर्ताको महत्त्वलाई जोड दिन्छौं । हामी विश्वस्त छौं कि, बंगलादेशका उदार जनताले संक्रमणलाई शान्ति र स्थिरतातर्फ सहज लैजान सक्षम हुनेछन् ।’

















स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
व्यावसायिक खेतबाट म्याग्दीका किसानको वार्षिक ३० लाख आम्दानी
लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया