नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीकाे धितोपत्र एनआइएमबी एस क्यापिटलले बिक्री गर्ने

काठमाडौँ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२ कराेड ५० लाख रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरू प्रति शेयर अंकित मूल्य रु.१०० दरमा सर्वसाधारणहरूमा निष्कासन गर्दे छ।
उक्त धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्न कम्पनीले एनआइएमबी एस क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको हो।
उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई लघु बीमा सेवा पुर्याउने कम्पनीले लक्ष्य लिएको जनाएकाे छ।
कम्पनीले २०७९ चैत २६ गते निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० वैशाख २६ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ।
















इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा चेवन
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया