नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीकाे धितोपत्र एनआइएमबी एस क्यापिटलले बिक्री गर्ने

काठमाडौँ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२ कराेड ५० लाख रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरू प्रति शेयर अंकित मूल्य रु.१०० दरमा सर्वसाधारणहरूमा निष्कासन गर्दे छ।
उक्त धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्न कम्पनीले एनआइएमबी एस क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको हो।
उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई लघु बीमा सेवा पुर्याउने कम्पनीले लक्ष्य लिएको जनाएकाे छ।
कम्पनीले २०७९ चैत २६ गते निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० वैशाख २६ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ।










पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया