लुम्बिनीका कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा
मेरोन्यूज
२०८१ साउन २५ गते १०:१६

बुटवल । लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्। तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताएका छन्।
तिमिल्सिनाले कार्यव्यस्तताले राजीनामा दिएको बताए पनि उनी निकट मन्त्री नपाउँदा राजीनामा दिएको बताउँछ।
नेपाली कांग्रेसका तर्फबाट गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका रोज राणा भनिने सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् ।
सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्रीको सूचीबाट उनको नाम हटाइएको थियो। त्यसपछि उनी रुष्ट बनेका थिए।
सम्बन्धित










समाजमा शान्ति-सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सबैले हातेमालो गर्नुपर्छ : गृहमन्त्री अर्याल
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
प्रतिक्रिया