मानव उपयोगी वृक्षरोपण गर्न मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मानव उपयोगी वृक्षरोपण गर्न आग्रह गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतस्थित बृहत् वृक्षरोपण कार्यक्रममा उनले सबै बिरुवा मानव उपयोगी नहुने भएकोले वृक्षरोपण गर्दा ध्यान दिनुपर्छ भने । “वनस्पति, फलफूल र औषधिजन्य गुण भएका बिरुवा लगाऔँ जुन मानव स्वास्थ्यका लागि लाभदायक होस्” उनले भने, “पर्यावरणीय सुन्दरताका साथै स्वस्थ वातावरण दीगो विकासमा सहयोग पुर्याउँछ ।”
उनले प्रदेश सरकारले ‘मानव स्वस्थ प्रणालीका लागि हरित कर्णाली’ निर्माणका अभियानलाई अगाडि बढाएकोले यसमा सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताए। जलवायु परिवर्तनको असरलाई कम गर्न र वन, वातावरण र वन्यजन्तु संरक्षणका लागि पनि वृक्षरोपण अभियानलाई अनिवार्य शर्तका रुपमा लिइएको छ ।
सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक तेजबिक्रम बस्नेतले स्याउ, अनार, आँप, अम्बा, कागती, लिची, एभोकाडो, अङ्गुर, अशोक, रुख कटहर, बरपिपल, रुद्राक्ष, बाँस, अम्लिसोसहित १६ प्रकारका विरुवा लगाइएको जानकारी दिए ।













59 days left for HoR election: EC appoints Chief Returning Officers, Returning Officers
मन्त्रिपरिषद् बैठक जारी
अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा संयम अपनाउन आग्रह
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
प्रतिक्रिया