इरानको निकट मानिने सिरियाली समूहको आक्रमणमा ११ जनाको मृत्यु

काठमाडाैँ । सिरियाली सरकार पक्षधर र इरान निकट एक समूहले गराएको बम विस्फोटमा परी सिरियाको कुर्दिश सेना नियन्त्रित पूर्वी गाउँमा ११ जना सर्वसाधारणको मृत्यु भएको शुक्रबार युद्ध अनुगमनकारी समूहले जनाएको छ ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार देइर एजोर प्रान्तको डहलामा भएको व्र बिस्पोटमा परी छ जना बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
समूहका अनुसार इरान समर्थक लडाकुहरूले कुर्दिशको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेपछि बुधबार लडाइँ सुरु भएको थियो ।
कुर्दिशहरूको निकट सिरियन डेमोक्र्याटिक फोर्सले पनि लडाँइमा अधिकांश महिला तथा बालबालिकासहित ११ जना सर्वसाधारण मारिएको पुष्टि गरेको छ ।
अमेरिकाको समर्थनप्राप्त सिरियाली समूह ९एसडीएफ० ले सन् २०१९ मा सिरियामा इस्लामिक स्टेट जिहादी समूहको स्वघोषित इस्लामिक राज्यलाई पराजित गर्ने आक्रमणको नेतृत्व गरेको थियो ।
इराकको सिमाना क्षेत्र देइर एजोर प्रान्त युफ्रेटिस नदीद्वारा विभाजित छ जहाँ दर्जनौँ स्थानीय आदिवासीको घर छ ।
इरानले एक दशकभन्दा लामो गृहयुद्धमा सिरियाली राष्ट्रपति बसर अल असदको सेनालाई सैन्य सहयोग गरेको छ ।
हाल जिहादी विरोधी गठबन्धनको हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाका करिब ९०० सैनिक सिरियामा छन् ।
सन् २०११ मा सरकार विरोधी प्रदर्शन सुरु भएदेख सुरू भएको सिरियाली गृहयुद्धले पाँच लाखभन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै लाखौंलाई विस्थापित गरेको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया