जसपा नेपालको केन्द्रीय समितिको बैठक भोलिदेखि,छलफलका लागि १० वटा एजेण्डा तय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा नेपालको नवगठित केन्द्रीय समितिको बैठक भोलिबाट सुरु हुन लागेको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका निजी सचिव महेश चौरसियाका अनुसार भोलिदेखि ४ दिनसम्म केन्द्रीय समिति बैठक चल्नेछ । ललितपुरको थसी बैंक्वेटमा बैठक आह्वान गरिएको छ ।
बैठकमा वर्तमान भू–राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय जातीय मुक्तिको सवाललगायतका विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै, नेपालको सन्दर्भमा समाजवाद सम्बन्धी अवधारणा, जसपा नेपालको आदर्श, वैचारिक एवम् सैद्धान्तिक अवधारणा, संविधान संशोधनको आवश्यकता र अपरिहार्यता, स्थानीय तह, प्रदेश सभा र संसदमा पार्टीको भूमिकालगायतको विषय छलफलका लागि निर्धारण गरिएको छ ।
















अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया