च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उनि बताउछन् । “च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन”, उनले भने । गोब्रे च्याउ प्रतिकेजी रु पाँच सय र कन्ये रु दुई सयमा बिक्री हुँदै आएको छ ।
कच्चा पदार्थसहितका साम्रगी तयार गर्नुभएकी किसान खत्रीले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनिया पनि उत्पादन गर्दै आएका छन् । “हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहायोग गर्ने गरेकी छु”, खत्रीले भने । श्रीमान्को सहयोगमा उत्पादित सागसब्जी बजार पु¥याउने गरेको उनले सुनाए ।
जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आर्कषण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए । “गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, च्याउखेतीमा अनुदान बढाउँछौँ”, उनले भने ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया