शनिबार, चैत ७, २०८२

खाना पच्न कति समय लाग्छ ?

मेरोन्यूज २०८१ साउन २७ गते १५:००

बिहान उठ्ने समयदेखि राति सुत्दासम्म हामीले विभिन्न कुराहरू खाइरहन्छौं। खाना त हामी खान्छौं, तर पचाउन हाम्रो पेटले कडा मेहनत गर्नुपर्छ।

Advertisement
nepal life insurencenepal life insurence

के तपाईंले कहिल्यै सोच्नुभएको छ कि हामीले खाएको खाना पच्न कति समय लाग्छ ?

पहिले दाँतले चपाउँछ, त्यसपछि पेटमा जान्छ, त्यसपछि सानो आन्द्राबाट ठूलो आन्द्रामा र अन्त्यमा मृगौलामार्फत शरीरबाट बाहिर निस्कन्छ । हाम्रो खानाले शरीरलाई पोषण, ऊर्जा, दिमागलाई बल दिन र जिब्रोलाई स्वाद दिन अघि लामो यात्रा गर्नु पर्छ।

हाम्रो पाचन प्रणालीले कसरी काम गर्छ ?

पाचनको पाँच चरण :

पहिलो चरण- खाना चपाउने र निल्ने।
दोस्रो चरण- पेटमा खाना प्रवेश।
तेस्रो चरण- फुड चर्निंङ, अर्थात खाना स-साना अणुहरूमा टुक्रिनु हो।
चौथो चरण- खाना सानो आन्द्राबाट ठूलो आन्द्रामा सर्ने ।
पाँचौं चरण- रगत कोशिकाहरूमा पोषक तत्व प्रवेश गर्ने र फोहोर पदार्थ बाहिर निस्कने।

सामान्यतया खाना पच्न २४ देखि ७२ घण्टा लाग्छ। यो तपाईंले कस्तो खाना खानुभयो र कति मात्रामा खानुभयो भन्ने कुरामा भर पर्छ।

पाचनका लागि लाग्ने समय तपाईंको लिङ्ग, उमेर र आन्द्राका सूक्ष्मजीवहरूको संख्याले पनि निर्धारण गर्छ।

६ देखि ८ घण्टाभित्र खाना मुखबाट ठूलो आन्द्रासम्मको पुग्ने प्रक्रिया पूरा गर्छ। ठूलो आन्द्रामा पुगेपछि २४ घण्टासम्म त्यहीँ रहन्छ। सूक्ष्म आणविक स्तरमा यसको ब्रेकडाउन प्रक्रिया त्यहाँ पूरा हुन्छ।

प्रोटिनयुक्त खानेकुराहरू जस्तै मासु, माछा आदिलाई पूर्ण रूपमा पचाउन दुई दिन लाग्न सक्छ। जबकि तरकारी र फलफूल, जसमा अधिक फाइबर हुन्छ, यिनले एक दिन भित्र आफ्नो पाचन प्रक्रिया पूरा गर्दछन्।

सबैभन्दा चाँडो पच्ने चीजहरू चिनी, अत्यधिक अल्ट्रा प्रोसेस्ड जंक फूड हुन्। यी चीजहरू सानो आन्द्रामा पूर्ण रूपमा अवशोषित हुन्छन्। यो एक घण्टा भित्र पचि सक्छ। त्यसैले तपाईलाई तुरुन्तै फेरि भोक लाग्छ।

-एजेन्सी

प्रतिक्रिया