मिर्गौला पीडितलाई १५ लाख सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाकी एक मिर्गौला पीडित महिलालाई रु १५ लाख रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–११ छाप घर भइ हाल गल्याङ बजारमा बस्दै आएकी जमुना थापाको उपचारका लागि नेपाल मगर सङ्घ गल्याङ नगर समितिले रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचाररत थापाको जीवन रक्षाका लागि नेपाल मगर सङ्घ गल्याङले ‘जमुना बचाऔँ’ अभियानमार्फत देश तथा विदेशबाट रकम सङ्कलन गरिएको नेपाल मगर सङ्घ गल्याङका अध्यक्ष कुमार रानाले जानकारी दिए ।
“दुवै मिर्गौलाले काम गर्न छाडेको थाहा पाएपछि उपचारकाका लागि आर्थिक अभाव भएकाले सङ्घमार्फत सहयोग जुटाउने अभियान चलाएका हौँ”, उनले भने, “सङ्घले थालेको अभियानमा देश तथा विदेशका विभिन्न ठाउँबाट सहयोग जुटेको छ ।” सङ्कलन भएको रकम पीडितलाई हस्तान्तरण गरिएको छ । अहिले पनि रकम सङ्कलन हुने क्रम जारी छ । गत जेठ १७ गतेदेखि रकम सङ्कलन अभियान थालिएको हो । मिर्गौला पीडित जमुनाको उपचार पोखरामा भइरहेको छ । उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी भइरहेको बताइएको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया