पोखरामा खुल्यो एमएडब्लूको सोरुम

पोखरा । एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिको पोखरामा सोरुम खुलेको छ। नेपालमा व्यावसायिक सवारी साधनको बिक्रीवितरणमा अग्रणी कम्पनी एमएडब्लूले पोखराको बुद्धचोकमा सोरुम सञ्चालनमा ल्याएको हो।
सोरुमको आइतबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे), एमएडब्लूका सिइओ तुषार गुप्ताले उद्घाटन गरे।
सोरुमले फोटोन र सोकोनका व्यवसायिक सवारी उपलब्ध गराएको छ। फोर्टनको हाइरुफ इभी भ्यान, टुनल्याण्ड र टिएम वानसहितका सवारी पोखरामै उपलब्ध भएको हो। सोकोन मोटर्सको बहुमुखी भ्यान पनि उपलब्ध गराएको छ। यो भ्यानमा यात्रुवाहक, स्कुल र कार्गो भेरियन्ट समावेश रहेको छ।
सेल्स हेड नवीन आचार्यका अनुसार फोटोन र सोकोनका विद्युतीयसँगै पेट्रोलबाट सञ्चालन हुने सवारी पनि बिक्री हुनेछ। ११ देखि १६ सिटसम्मका सवारी उपलब्ध गराइने उनको भनाइ छ। समयको माग र आवश्यकतालाई ध्यानमा राखेर विद्युत्तीय सवारीलाई बढी प्राथमिकता दिएको उनको भनाइ छ।
















एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
प्रतिक्रिया