मम्मी डान्स आइडल सिजन-३ को उपाधि मनिषालाई

भैरहवा। मम्मी डान्स आइडल सिजन थ्रि को उपाधि मनिषा सर्माले हात पारेकी छन् ।
हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि भैरहवाद्वारा आयोजित मम्मी डान्स आइडल सिजन थ्रि को फाइनलमा १७ जना प्रतियोगीहरुलाई पछि पार्दै उनी प्रथम भएकी हुन् । उनलाई २० हजार नगत, प्रमाण पत्र र वाटर डिस्पेंसर सहित थुप्रै गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।
मंगलापुरकी चेली मनिषा सर्मालाई परिवारमा एक दिदिको मात्र सपोर्ट रहेको र उपस्थित सबै दर्शकरुको मायाले उनले जित हात पार्न सफल भएकी हुन् । उनको जितले सबैलाई निकै भाबुक बनाएको थियो । आमाहरुको सपना र एक गृहणी भएर पनि यसरी आफ्नो सपना पुरा गर्ने उर्जा लिएर आएकी सर्माको जित सबैमा प्रेरणाको श्रोत बन्न पुग्यो ।
यसैगरी उपबिजेता भैरहवा कि आभा मल्ल भएकी हुन् । उनले १५ हजार नगद सहित प्रमाणपत्र र गिफ्टह्याम्पर प्रदान गरिएको थिायो । यसैगरी तेस्रो स्थानमा बुटवलकी दुर्गा राना रहेकी छन् । उनले १० हजार नगद सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेकी हुन् । दर्शकको राजाईमा भने मंगलापुर सेमराकी रेनु गुरुङलाई ५ हजार नगदसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर दिइएको थियो ।
भारतको सिल्लिगुडीबाट बरिष्ठ नृत्याङगना पन्नु गजमेर, पूर्व मिसनेपाल सुगारिका केसी र कोरियोग्राफर मुकेश गुरुङ जजमेन्टमा उनिहरुलाई प्रथम दोश्रो र तेश्रो को स्थान दिइएको थियो । कार्यक्रमको संचालन दुर्गा गुरुङले गरेकी थिए। फाइनलमा रुपन्देही, कपिलबस्तु, चितवन लगायतका जिल्लाबाट र प्रदेश बाहिरबाट पनि प्रतियोगिहरुको सहभागीता रहेका थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो भने हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि भैरहवाका प्राचार्य तथा आयोजक रचना क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
















युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया