शनिबार, चैत ७, २०८२

‘कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन्’

मेरोन्यूज २०८१ साउन २७ गते २०:१०

विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रका युवालाई आग्रह गरेका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

मोरङको केराबारीस्थित लागूपदार्थ तथा मादक पदार्थ उपचार केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले लागूपदार्थलगायतका कुलतमा लागेका व्यक्तिहरुले आफूलाई सुधारेर समाजमा उदाहरणीय कार्य गरेको बताए । 

 देश विकास गर्ने अभिभारा युवाको काँधमा भएकाले युवाहरु सही बाटोमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । कुलतमा फस्ने क्रममा कमी आउने मेयर कोइरालाले बताए । 

प्रतिक्रिया