सिटिजन्स बैंकको स्ट्राटेजिक ग्रोथ एन्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकको स्ट्राटेजिक ग्रोथ एन्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न भएकाे छ । यस कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सचेत सिटिजन नै हो सेफ सिटिजन’ भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरिएकाे थियाे।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित स्ट्राटेजिक ग्रोथ एन्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्समा सो भिडियो सार्वजनिक गरेका हुन्।
विभिन्न बहानामा ग्राहकसँग पासवर्ड, ओटिपी, खाताको विवरणहरू मागेर साथै ग्राहकहरूलाई चिट्ठा तथा अन्य बहुमूल्य सामानको प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढिरहेको छ। सचेतना भिडियोबाट यस्ता गतिविधिहरू न्यूनीकरण हुने र ग्राहकहरूमा चेतना अभिवृद्धि हुने विश्वास लिएको बैंकले जनाएको छ।
सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, १९७ शाखाका शाखा प्रबन्धकहरू, विभागीय प्रमुखहरू तथा बैंकका उच्च व्यवस्थापनको समूह सम्मिलित भेलालाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउन सबै कर्मचारीलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान, नवीनतम एवं नमुना सेवा सुविधा दिँदै अघि बढ्न आग्रह गरेका छन्।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया