स्वास्थ्यमन्त्रीको ९ बुँदे निर्देशन १७ अस्पतालमा लागु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरुलाई दिएको ९ बुँदे निर्देशन कार्यान्वयन भएको छ ।
मन्त्री पौडेलले संघीय अस्पतालहरुको भीड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि साउन ३ गते देशभरका संघीय अस्पताल तथा प्रतिष्ठानहरूका प्रमुखहरूसँग संयुक्त छलफल गरेका थिए ।
छलफलपछि मन्त्री पौडेलले दिएको ९ बुँदे निर्देशनलाई कार्यान्वयन गरिएको दाबीसहित अस्पतालहरूले विवरण मन्त्रालय पठाएका छन् । मन्त्रीले दिएको निर्देशन अनुसार १७ वटा अस्पतालले सेवालाई प्रभावकारी र सहज बनाउनका लागि विभिन्न उपायहरू अवलम्बन गरेको जानकारी मन्त्रालयलाई गराएका हुन् ।
अस्पताल र प्रतिष्ठानहरुले पठाएको विवरण अनुसार अस्पतालहरुले भिड नियन्त्रणका लागि अपनाएका उपायहरुमा विस्तारित स्वास्थ्य सेवाको सुरुवात र व्यवस्थापन, ओपीडी सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्ना/डिस्चार्जबीचमा समन्वय, डाक्टरहरूको राउन्डको तालिका थप व्यवस्थित गरेको, डिजिटल प्रणालीहरूको अवलम्बन, अनलाइन दर्ता, भुक्तानीजस्ता कार्यलाई प्राथमिकता दिएको बताएका छन् ।
यसका साथै बीमामा उल्लेख भएका औषधीहरू सकेसम्म धेरै मात्रामा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने व्यवस्था मिलाइएको दाबी पनि गरिएको छ । विभिन्न अस्पतालले पठाएको रिपोर्ट अनुसार पहिले ४० प्रतिशत बीमाका औषधी पाइने फार्मेसीमा अहिले ८० प्रतिशतसम्म औषधी उपलब्ध हुन थालेका छन् ।
अस्पतालहरूले पूर्वाधारका साथै व्यवस्थापकीय काममा पनि सुधार गर्दै थप काउन्टरहरूको व्यवस्था गरेको, शौचालयको सरसफाइमा सुधार गरेको, निःशुल्क पिउने पानीको व्यवस्था गरेको, गुनासो व्यवस्थापनका लागि हेल्पडेस्क राखिएको बताएका छन् ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया