ग्रिसको एथेन्स नजिकको डढेलो अझै नियन्त्रण बाहिर, एकको जलेर मृत्यु

एथेन्स । ग्रीसको एथेन्स सहरमा फैलिएको भीषण जंगलमा लागेको डढेलोमा परी एक जनाको मृत्यु भएको छ ।
उत्तरी एथेन्सको भ्रिलिसिया सहरको एउटा पसलमा एक महिलाको भएको विश्वास गरिएको उक्त शव अग्नि सेवाका स्रोतले बीबीसीलाई बताएका छन्।
अग्निनियन्त्रकहरूले घर, व्यवसाय र विद्यालयहरू खतरामा परेको चेतावनी दिए पछि हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र मंगलबारसम्म पनि आगलागी जारी रहन सक्ने पुर्व सुचना जारी गरिएको छ ।
फायर सर्भिसका प्रवक्ता कर्नल भासिलियोस वाथ्राकोगियानिसले भने, ‘एथेन्सका केही भागहरू समेटिएको उत्तर पूर्वी एटिका क्षेत्रमा अझै पनि धेरै सक्रिय आगोहरू छन्, प्रायः म्याराथन र पेन्टेली शहरहरू वरपर।’
एक विज्ञप्तिमा कर्नल वाथ्राकोगियानिसले भने, ‘नयाँ आगलागीका लागि अवस्था मंगलबार मात्र होइन, अर्को हप्ताको लागि पनि खतरनाक रहेको छ।’ सुरक्षित रहन ग्रिसको सरकारले स्थानियसँग अनुरोध गरेको छ ।
















राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया