नेपालमा केहि हुँदैन भन्ने भाष्यले देश कमजोर बनायाे : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालमा केहि हुँदैन भन्ने भाष्यले राष्ट्रियता कमजोर बनाइरहेको बताएका छन् ।
मंगलबार अनामनगरस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित अन्तरपुस्ता संवाद कार्यक्रमलाई सम्बोधन नेता कोइरालाले विदेश पलायन रोक्न युवाहरुका लागि देशमै रोजगारीका अवसरहरु सिर्जना गरिनुपर्ने बताए । उनले गत साल १ लाख २५ ले १२ पास गरेकोमा झण्डै १ लाख उच्च शिक्षाका लागि भन्दै विदेश गएको बताए ।
देशमा अहिले दुइतिहाइको सरकार भएपनि सुशासन कायम हुन नसकेको नेता कोइरालाको भनाइ छ। ‘अहिले देशको राजिनितिक अवस्था निकै रोचक छ । दुइतिहाइको सरकार भएपनि सुशासन कायम हुन सकेको छैन । भ्रष्टाचार बढेको बढ्यै छ । युवाहरु पलायन भएका भयै छन् ।’ नेता कोइरालाले भने ।
पलायन हुने युवा दिनदिनै बढेपनि विदेशबाट फर्किने युवाहरू पनि उल्लेख्य रहेकाे काेइरालाले स्पष्ट पारे ।
‘२ हजार युवाहरु दिनदिनै पलायन हुने गरेका छन् भने करिब १२ सय युवाहरु फर्किपनि राखेका छन् ।’ उनले भने ‘उनीहरुका लागि सरकारले के के गरिरहेको छ र के गर्नुपर्छ भन्ने विषयमा युवाहरुले छलफल गनुपर्छ ।’
















विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया