कब्जियत हुनेले के के नखाने ?

एजेन्सी
काठमाडौं । कब्जियत धेरै जटिल रोग हो । योे यस्तो समस्या हो जसले अन्य रोगहरुलाई निम्ता दिन्छ । एकपटक कब्जियतको समस्या सुरु भयो भने सजिल्यै निको हुँदैन । कब्जियतको समस्याबाट हैरान भएकाहरु औषधिको साहारा लिने गर्छन् ।
तर, कब्जियतको समस्यामा औषधिको सेवन गर्नु राम्रो मानिँदैन । यसले कब्जियतको समस्यामा झनै गडबढी ल्याउँछ । समस्यामा सही खानपान र व्यायाम जस्ता बानीले यसको समस्या पनि कम हुन्छ । तर, कब्जियतको समस्या भएकाहरुले केही यस्ता खानेकुरा खानुहुँदैन जसले कब्जियतको समस्या झनै बढाउँछ ।
काँचो केरा
कब्जियतको समस्या हुनेहरुले काँचो केराको सेवन गर्नुहुँदैन । काँचो केराले झनै कब्जियत बढाउँछ । भने, पाकेको केराले कब्जियत कम गराउँछ ।
दूधका परिकार
यदि हरेक दूधबाट बनेका परिकार खाने गरिन्छ भने यस्ता परिकारबाट पनि कब्जियतको समस्या आउँछ ।
तारेको, भुटेको खानेकुरा
तेलमा तारेको वा भुटेको खानेकुरा खाँदा कब्जियतको समस्या धेरै हुन्छ । यस्ता खानेकुरामा फाइबरको मात्रा कम हुने भएकाले कब्जियत झन् बढ्छ । चिप्स, कुकिज, चकलेट र आइसक्रिम जस्ता खानेकुराको कारण कब्जियत झन् बढ्छ ।
रातो मासु
रातो मासुको सेवनले पनि कब्जियत बढाउँछ । यसमा फाइबरको मात्रा कम हुन्छ ।
















खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
प्रतिक्रिया