हेटौँडा अस्पताल प्रशासनको कार्यकक्षमा कर्मचारीले गरे तालाबन्दी

हेटौँडा । हेटौँडा अस्पतालमा शुक्रवार अस्पतालका पुराना कर्मचारीहरूले प्रशासन प्रमुख र निमित्त अस्पताल निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
निमित्त अस्पताल निर्देशक श्रीधर आर्यालका अनुसार, बिहीबार अस्पतालले अन्तरवार्तामा सफल उम्मेदवारहरूको नामावली प्रकाशन गरेको थियो। सोही नतिजाप्रति असन्तुष्ट भन्दै एक समूहले शुक्रवार तालाबन्दी गरेको हो ।
तालाबन्दी गर्नेमा अस्पतालका पुराना कर्मचारी जयराम राईमाझी लगायत ६/७ जना रहेको निर्देशक आर्यालले जानाकारी दिए । राईमाझीले भने आफूहरूलाई नियोजित रूपमा अस्पतालबाट निकाल्न खोजिएको आरोप लगाएका छन् । उनले नयाँ कर्मचारी भर्नाका लागि भएको अन्तरवार्ता पछि प्रकाशित नतिजाप्रति असन्तुष्ट रहेको बताए ।
राईमाझीका अनुसार उनीहरू साढे दुई वर्षदेखि अस्पतालमा कार्यरत छन्। “अहिले आएर नयाँ कर्मचारी भर्ना भन्दै अन्तरवार्ताबाट नियोजित रूपमा हामीलाई हटाउने काम भएको छ,” उनले भने। उनको माग छ कि सूचना सच्याइनुपर्छ र हाल काम गरिरहेका कर्मचारीहरूलाई प्राथमिकता दिइनुपर्छ।
राईमाझीले आफूहरूको मागको सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा उत्रने तयारीमा रहेको समेत बताए । तर अस्पतालले प्रक्रिया अनुसार नै नतिजा सार्वजनिक गरेको जनाएको छ ।











प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा परेको रिटमा आज पेसी
तराईमा अझै तीन दिन बाक्लो हुस्सु लाग्ने : सतर्क रहन मौसम महाशाखाको सुझाव
समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया